Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी छानबिनको प्रतिवेदन असोज पहिलो सातामा बुझाउने तयारी

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, ०९ : ११ मा प्रकाशित

सहकारी छानबिनको प्रतिवेदन असोज पहिलो सातामा बुझाउने तयारी

संसदीय विशेष समिति सहकारी छानबिनसम्बन्धी प्रतिवेदन असोज पहिलो साताभित्र प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ। 

सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले प्रतिवेदन लेखनको काम गरिरहेको छ। समितिले आइतबार मात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीसँग छलफल गरेको थियो।

यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृह मन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो।

असोज ६ गतेसम्म समितिको कार्यावधि छ। कार्यावधिअगावै संसद् अधिवेशन अन्त्य भए समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउनेछ । बिजनेस नभएकाले भदौ २६ गतेपछि संसद् अधिवेशन अन्त्य हुने सम्भावना पनि छ।

जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको