Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ७५३ स्थानीय तहमै  खुलायो कित्ताकाट, जग्गा कारोबार बढ्ने आकलन

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०८ : १० मा प्रकाशित

सरकारले ७५३ स्थानीय तहमै  खुलायो कित्ताकाट, जग्गा कारोबार बढ्ने आकलन

सरकारले ७५३ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुलाएको छ।

जग्गा वर्गीकरण नहुँदा रोकिएका ६ सय २० पालिकासमेत गरी कित्ताकाट खुलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसका लागि भू–उपयोग नियमावली, २०८० लाई संशोधन गरेर आगामी असारसम्मको समय थप गरी कित्ताकाट खुलाएको हो ।

यसअघि सरकारले ०८० साउन ३० गते  पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै कित्ताकाट खुलाएको थियो । 

कित्ताकाट खुलेसँगै अब घरजग्गा कारोबार बढ्ने आकलन सरकारको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको