Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०७ : ३१ मा प्रकाशित

सिटिजन्स बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड

नेपालमा पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु भएको छ।

सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको बैंकले जनाएको छ। 

अब बैंकको मोबाइल एपमार्फत तत्काल भर्चुअल कार्ड जारी गर्न सकिने भएको छ। १४ लाखभन्दा धेरै फोनपे मर्चेन्टमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ। 

४५ दिनसम्म ब्याजरहित क्रेडिट सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ। यद्यपि, ग्राहकले पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सक्नेछन्। विशेष योजनाका लागि ५० प्रतिशत (१ हजार रुपैयाँ सम्म) क्यासब्याक अफर राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको