Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलले डाक्यो साधारणसभा, २५ प्रतिशत लाभांश प्रस्ताव

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०८ : ४६ मा प्रकाशित

सिद्धार्थ क्यापिटलले डाक्यो साधारणसभा, २५ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ क्यापिटलको १३औँ वार्षिक साधारणसभा असोज १८ हुने भएको छ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गतेको बैठकले असोज १८ गते काठमाडौंको नक्सालस्थित आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजे साधारणसभा बोलाउने निर्णय गरेको हो।

क्यापिटलको साधारणसभाको मुख्य एजेण्डा लाभांश प्रस्ताव पारित गर्नु रहेको छ। सञ्चालक समितिले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश (करसहित) वितरण प्रस्ताव गरेको छ। 

यसैगरी, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित हुनेछ। चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी  पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको