Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको निःशुल्क सेयर लगानी व्यवस्थापन सेवा

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०९ : १८ मा प्रकाशित

सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको निःशुल्क सेयर लगानी व्यवस्थापन सेवा

गरिमा क्यापिटलले सरकारी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना ल्याएकोे छ ।  

देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टीएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी सेयर बजारमा लगानी गर्ने?कसरी सेयर कारोबार गर्ने? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई ध्यानमा  राखेर  सरकारी कर्मचारीहरुका लागि कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ सञ्चालनमा ल्याएको बताएको छ ।  

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको उल्लेख गरेको छ ।  

यो योजनाअन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकमरु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सक्नेछन् । यसमा वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्न ‘सित्तैमा’योजना छ । कम्पनीले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ ।  

यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै कम्पनीमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको