Like us!
Follow us!
Connect us!
Watch us!

सर्ट लिस्टका चार जनालाई पछि पार्दै लगानी बोर्डको सिइओ बने सुशील ज्ञवाली

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०७ : १२ मा प्रकाशित

सर्ट लिस्टका चार जनालाई पछि पार्दै लगानी बोर्डको सिइओ बने सुशील ज्ञवाली

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

तत्कालीन पुनर्निर्माण प्राधिकरणका सिइओसमेत रहेका ज्ञवालीलाई बिहीबारको मन्त्रिपरिषद बैठकले बोर्डको सिइओमा नियुक्त गरेको हो।

लगानी बोर्डको सिइओका लागि आवेदन दिएकामध्ये ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। तर, सरकारले ज्ञवालीलाई नियुक्त गरेको हो।

तत्कालीन सिइओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो। ज्ञवाली यसअघि ०७७ मा पनि सिइओको दाबेदाबर थिए। तर, सरकारले भट्टलाई नियुक्त गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको