Like us!
Follow us!
Connect us!
Watch us!

पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई आज सरकारले ६५ लाख दिँदै

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०७ : ३४ मा प्रकाशित

पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई आज सरकारले ६५ लाख दिँदै

पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले आज शुक्रबार ६५ लाख पुरस्कार दिँदैछ।

बिहान साढे ९ बजे बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशासहित प्रशिक्षकलाई पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ। पुरस्कारमा कर छुट दिइनेछ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल-ग्रीष्मकालीन-शीतकालीन-पारा-विशेष तथा विश्वकप फुटबलमा काँस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ । नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको