Like us!
Follow us!
Connect us!
Watch us!

बर्जर पेन्ट्सको चाडपर्व ग्राहक योजना 'बर्जर नगद उत्सव' सार्वजनिक

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १७ : ५७ मा प्रकाशित

बर्जर पेन्ट्सको चाडपर्व ग्राहक योजना 'बर्जर नगद उत्सव' सार्वजनिक

बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई एक लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले यस अभियान मार्फत ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिने बताए । साथै उनले चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने समेत बताए । 

यो योजना बर्जर सिल्क ब्रीदइजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिनफ्रेश, इजी क्लिन, वेदरकोट लङ्गलाईफ, वेदरकोट अलगार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ। घरधनीले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको