Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया, एभरेष्ट, सानिमा र सिद्धार्थ बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०७ : २७ मा प्रकाशित

एनआईसी एशिया, एभरेष्ट, सानिमा र सिद्धार्थ बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

अधिक तरला रहेका बेला बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाउन थालेका छन्।

एनआईसी एशिया,सानिमा, सिद्धार्थ र एभरेष्टबैंकले ब्याजदर घटाएका छन्। यद्यपि, सिद्धार्थले निक्षेपको ब्याजदर भने स्थिर राखेको छ। १ असोजदेखि लागू हुनेगरी यी बैंकले ब्याजदर घटाएका हुन्।


एनआईसी एशिया बैंक
एनआईसी एशियाले असोजका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर कायम गरेको छ। भदौमा एनआईसीले व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ। भदौमा यस्तो ब्याजदर ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म थियो।  एनआईसी एशियाले कर्जाका ऋणीलाई आधारदर ९.२२ प्रतिशतमा झारेको छ।

एभरेष्ट बैंक
एभरेष्टदे पनि ब्याजदर घटाएको छ। असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत छ । भदौमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर थियो।

साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याजदर निर्धारण भएको छ।

बैंकको आधार दर ७.२९ प्रतिशतमा झरेको छ। स्प्रेडदर ४ प्रतिशत छ। भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो।

सानिमा बैंक
सानिमा निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएको छ। असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम भएको छ। रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर छ। भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत, संस्थागततर्फ ४.९० प्रतिशत र रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर थियो।

असोजमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याज पाइने भएको छ। भदौमा सोही ब्याजदर थियो।बैंकले कर्जातर्फको ब्याजदर पनि घटाएको छ। आधारदर ८.०३ प्रतिशतबाट ७.८३ प्रतिशतमा कायम गरिएको छ।

सिद्धार्थ बैंक
सिद्धार्थले कर्जाको ब्याजदर घटाएको छ। तर, निक्षेपको ब्याजदर स्थिर राखेको छ। असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर छ। 

साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत तथा रेमिट्यान्स बचतमा ५.५० प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले आधारदर ७.९३ प्रतिशतमा झारेको छ। यसअघि आधारदर ८.२० प्रतिशत थियो। आधार दरमा ३.५० प्रतिशतसम्म प्रिमियम दर तोकिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको