Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर, नेपाल बैंकले निक्षेपमा ब्याजदर बढायो

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०७ : ४३ मा प्रकाशित

ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर, नेपाल बैंकले निक्षेपमा ब्याजदर बढायो

अधिक तरलताका कारण बैंकले ब्याजदर घटाइरहेका बेला केही बैंकले भने स्थिर राखेका छन्।  असोजका लागि ग्लोबल आइएमई र  माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर छ भने नेपाल बैंकले निक्षेपमा ब्याजदर बढाएको छ।

यी बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वनिक गरेका हुन्।

ग्लोबल आइएमई बैंकको ब्याजदर कति ? 
असोजमा ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर रहने भएको छ। मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज निर्धारण गरिएको छ। रेमिट्यान्स खातामा थप १ प्रतिशत पाइने भएको छ। भदौमा सोही ब्याजदर थियो।

साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० र ग्लोबल रेमिट बचत खातामा ४.५ प्रतिशत ब्याजदर छ।  कर्जातर्फ बैंकले आधारदरमा ३.५० प्रतिशतसम्म प्रिमियम दर निर्धारण गर्नेछ।

माछापुच्छ्रे बैंकको ब्याजदर लगातार स्थिर
माछापुच्छ्रे बैंकको ब्याजदर तीन महिनादेखि स्थिर छ। मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज पाइनेछ। साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर कायम भएको छ। 


नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर 
सरकारी स्वामित्वको नेपाल बैंकले असोजमा निक्षेपको ब्याजदर बढाएको छ। मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज कायम भएको छ। रेमिट्यान्स खातामा ६.९५ प्रतिशत ब्याजदर छ। भदौमा व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तथा रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याजदर थियो।

साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर छ। भदौमा सोही ब्याजदर  थियो।

कर्जातर्फको ब्याजदर घटेको छ। असोजका लागि कर्जाको आधारदर ७.५४ प्रतिशतमा झरेको छ। भदौमा आधारदर ७.८७ प्रतिशत थियो। आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको