Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०९ : १९ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। असोज १ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक भएको हो। 

स्ट्याण्डर्ड चार्टर्ड

असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम भएको छ। भदौमा संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर थियो, व्यक्तिगततर्फ स्थिर छ। रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ।
साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकिएको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत छ। यसअघि बैंकले भदौमा पनि सोही ब्याजदर थियो।

बैंकको आधार दर ६.२८ प्रतिशतबाट ६.२२ प्रतिशतमा झरेको छ। बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ।

राष्ट्रिय वाणिज्य बैंक

 वाणिज्य बैंकले कर्जा र निक्षेप दुबैको ब्याजदर घटाएको छ। अब ७.७७ प्रतिशत ब्याजदरमा कर्जा पाइने भएको छ। चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने बैंकले जनाएको छ। यो योजना कार्तिकसम्म मात्र लागु हुनेछ।
२ बर्ष अवधिका लागि जलविद्युत परियोजना कर्जाको स्थिर ब्याजदर ७.९५ प्रतिशत तोकिएको छ। पछिल्लो ३ महिनाको औषत आधार दर ६.६६ प्रतिशत छ।
मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ। भदौमा व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको