बतास एमएडब्लु, बतास मोरङ्ग अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार, छठ पर्वलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष’ अफर योजना ल्याएको छ ।
दशैको हर्ष, आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरिने छ ।
यस योजनाले हाम्रा सबै ग्राहकहरूलाई बिशेष प्राथमिकताका साथ गाडि सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदि लाई लक्षित गर्दै योजना अन्र्तगत चालकहरूको लागि बीमा (चालक-मालिक), शून्य सेवा लागत, (गाडी सञ्चालकहरु) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि),ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन्।
यो योजना यही असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ। ग्राहकहवर्गले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन्। आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्री गदै आइरहेकोछ।
बतास समूह र मोरङ अटो वकर््सको गठबन्धनले नेपालमा आइसरको क्षितिज फराकिलो गर्दै काम गरिरहेको छ। नेपालमा आइसरका ११ शाखाहरु,४ डिलर र १६ सहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। ग्राहक वर्गले आइसरका विद्यमान दायराहरूमा विस्तृत विकल्पहरू ४ पाङ्ग्रे ट्रकदेखि १६ पांग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरु छनोट गर्न सक्नेछन्।
साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्र्याइसकेको छ। यसले नेपालमा विद्यमान लामो रुटका बसमा बिधमान समस्याहरुलाइ हल गर्ने लक्ष्य लिएको जानकारी कार्यकारी निर्देशक दिपक अग्रवालले गराए।
आइसर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ। आइसरले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस