Like us!
Follow us!
Connect us!
Watch us!

एमजी जेडएस ईभीको 'विशेष नाडा- दसैँ अफर'को समयसीमा २० सेप्टेम्बरमा सकिने

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, १२ : ०७ मा प्रकाशित

एमजी जेडएस ईभीको 'विशेष नाडा- दसैँ अफर'को समयसीमा २० सेप्टेम्बरमा सकिने

नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउंट मोटर्सले एमजी जेडएस ईभीमा डिलक्सको विशेष नाडा- दशैं प्रचारचाँडै सकिने घोषणा गरेको छ। पहिले अक्टुबर ५ सम्म चल्ने योजना भए पनि ग्राहकहरूको अपूर्व प्रतिक्रिया र उच्च मागका कारण अब २० सेप्टेम्बरमा समयसीमा समाप्त हुने घोषणा कम्पनीले गरेको छ ।

एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन यो अफर सुरु गरेको थियो। यो विशेष अफर पहिले अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको प्रतिक्रिया  र उच्च मागका कारण अब यो अफर २० सेप्टेम्बर २०२४ मा समाप्त हुनेछ। 

यस छुटमा एमजी जेडएस ईभी डिलक्स संस्करण ४६.९९ लाख रुपैयामा उपलब्ध छ। यस मूल्यमा ग्राहकहरूले एमजी जेडएस ईभी का उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्नेछन। 

एमजी जेडएस ईभी मा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू छन्। यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम एडास लेभल २, र वायरलेस चार्जिङ समावेश छ।

‘हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौं’, अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौं। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौं,’ पारामाउन्ट मोटर्सका एक प्रवक्ताले भने। ‘सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौं। दशैं अघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौं।’

पारामाउन्ट मोटर्स नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक हो, जसले उत्कृष्ट गाडी र अत्युत्तम ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ। नवप्रवर्तन र उत्कृष्टतामा ध्यान केन्द्रित गर्दै, पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अटोमोटिभ समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको