Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, १७ : ०० मा प्रकाशित

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छूट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ । 

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी कम्पनीले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बताएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको