Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को पुरुष र महिलातर्फको उपाधि

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १६ : ५८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । 

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । 

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागि रहेका थिए । 

अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । 

साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन । 

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधी पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधीसंगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधी लगातार दोस्रो पटक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको