Like us!
Follow us!
Connect us!
Watch us!

सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीन यात्राको सुरूवात

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०९ : ४१ मा प्रकाशित

सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीन यात्राको सुरूवात

सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। 

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो। जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउने आयोजकको दाबी छ । 

आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की प्रतिस्पर्धा र मुल्याङ्कन प्रक्रियापछि ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन्। उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्

विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन्।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ। साथै, उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । 

उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउने बताइएको छ । 
यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको