Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामै भित्रिए झण्डै ४ अर्बका ईभी, सरकारलाई २ अर्ब बढी राजस्व

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १२ : २४ मा प्रकाशित

दुई महिनामै भित्रिए झण्डै ४ अर्बका ईभी, सरकारलाई २ अर्ब बढी राजस्व

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो दुई महिनामा १ हजार ६ सय २ युनिट ईभी (कार, जिप र भ्यान) को आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आव सोही अवधिमा ८ सय ९८ युनिट मात्रै ईभी आयात भएको थियो ।

चालु आव साउनमा ३ सय ८१ र भदौमा १ हजार २ सय २१ युनिट ईभी आयात भएको छ ।  गत आव साउनमा १ सय १० र भदौमा ७ सय ८८ युनिट गाडी आयात भएकोमा चालु आवमा उल्लेख्य वृद्धि भएको छ । चालु आव दुई महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ५ सय ६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९ सय ३८ युनिट गाडी आयात भएका छन् ।

यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट गाडी आयात भएका छन् ।

१ हजार ६ सय २ युनिट ईभी आयात हुँदा ४ सय ७५ युनिट भारत र १ हजार १ सय २५ युनिट चीनबाट आयात भएको छ । त्यस्तै १र१ युनिट गाडी अमेरिका र जर्मनीबाट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यसले नेपालमा आयात हुने ईभीमा ७० प्रतिशतभन्दा धेरै हिस्सा चीनको रहेको देखाउँछ । दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबर ईभी आयात हुँदा सरकारले २ अर्ब ३१ करोड २२ लाख राजस्व प्राप्त गरेको छ ।

सरकारले १५ जेठमा संसदमा पेस गरेको आर्थिक विधेयक मार्फत ईभीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएको थियो ।  सरकारले कर बढाए पनि ईभीप्रतिको आकर्षण झनै बढ्दै गएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको