Like us!
Follow us!
Connect us!
Watch us!

ईभी विस्तारमा एमएडब्लू वृद्धिको नयाँ उपलब्धि, ‘एक्सलेन्ट ईभी सेल्स’ र ‘सर्भिस एक्सलेन्स’ अवार्ड प्राप्त

अर्थ संसार

शनिबार, १३ मंसिर २०८२, १८ : ११ मा प्रकाशित

ईभी विस्तारमा एमएडब्लू वृद्धिको नयाँ उपलब्धि, ‘एक्सलेन्ट ईभी सेल्स’ र ‘सर्भिस एक्सलेन्स’ अवार्ड प्राप्त

नेपालमा इलेक्ट्रिक भेहिकल (EV) प्रवर्द्धन र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण भूमिका खेल्दै आएको एमएडब्लू वृद्धि मोटर्सले फेरि दुई ठूला अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ। “इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न २०२६ डोंगफेंग डिलर कन्फरेन्समा कम्पनीले ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ प्राप्त गर्दै इभी क्षेत्रमा आफ्नो अग्रणी पहिचान थप मजबुत बनाएको हो।

कम्पनीले नेपालमा इभीको पहुँच बढाउने, बिक्री–सञ्जाल विस्तार गर्ने र ग्राहक केन्द्रित सेवाहरू अघि सारेको कारण यी सम्मान प्राप्त गरेको बताइएको छ। वातावरण संरक्षण र स्वच्छ ऊर्जा आधारित यातायात प्रणाली निर्माणमा एमएडब्लू समूहले पछिल्ला वर्षमा देखाएको लगानी तथा प्रतिबद्धता पनि अवार्डको आधार बनेको छ।

१४ महिनामै १,२५० भन्दा बढी ईभी बिक्री

न्यू–इनर्जी क्षेत्रमा उल्लेखनीय परिणाम निकाल्दै एमएडब्लू वृद्धिले १४ महिनामै १,२५० भन्दा बढी ईभी बिक्री गरिसकेको छ। कम्पनीको लोकप्रिय ह्याचब्याक मोडेल ‘नामी बक्स’ आफ्नै सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने गाडी भएको छ।

हालै भित्र्याइएको ‘नामी भिगो’ को डेलिभरी अक्टोबरदेखि सुरु भएको र यसले ग्राहकलाई अझ विविध विकल्प उपलब्ध गराएको कम्पनीले जनाएको छ। देशभरका १२ बिक्री केन्द्रले ग्राहकलाई ईभी परीक्षण, अवलोकन र जानकारी लिन सहज सुविधा प्रदान गर्दै आएका छन्।

सेवा उत्कृष्टताका कारण अवार्ड

ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको एमएडब्लू वृद्धिको सर्भिस सन्तुष्टि दर ९२% रहेको छ। देशभर १० सेवा केन्द्र संचालनमा छन् भने २४/७ हेल्पलाइन, पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स जस्ता सुविधाले ग्राहक सेवा प्रभावकारी भएको कम्पनीको दाबी छ।

यी सुविधाका कारण बिक्रीपछि पनि ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्न कम्पनी सफल भएको छ।

स्वच्छ ऊर्जा र दीगो यातायाततर्फ प्रतिबद्धता

स्टेकहोल्डरको कदर, नेतृत्व क्षमता र कम्पनीको दृष्टिमा विश्वास– यी तीन आधारमा आफ्नो ब्रान्ड दृष्टिकोण निर्माण गरेको एमएडब्लू समूहले इभी पूर्वाधारमा व्यापक लगानी गर्दै आएको छ।

ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने,
“हामी वातावरणमैत्री गाडी ल्याउन निरन्तर काम गर्दैछौँ। यसले आयातित इन्धनमा निर्भरता घटाउँछ, स्वदेशी विद्युत्को खपत बढाउँछ र विदेशी मुद्रा बचतमा सहयोग पुर्‍याउँछ। ग्राहक सन्तुष्टि सधैँ हाम्रो केन्द्रमा रहनेछ।”

यी अवार्ड तथा लगातारका पहलहरूका माध्यमबाट एमएडब्लू वृद्धि मोटर्सले नेपाललाई स्वच्छ, दिगो र विद्युतीय यातायाततर्फ लैजाने अभियानमा आफ्नो नेतृत्वलाई अझ मजबुत बनाएको छ।

692ae6d9d07b2.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको