Like us!
Follow us!
Connect us!
Watch us!

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै : नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

अर्थ संसार

विहीबार, १९ असार २०८२, १७ : १२ मा प्रकाशित

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै : नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

“कमाइको राजा” भनेर परिचितले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाली व्यवसायीहरूबीच टिएम १ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको हो ।

यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो ।

टिएम १ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ । चाहे ताजा तरकारी बजारमा पु¥याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टिएम १ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टिएम १ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ । विश्वकै नम्बर १ NEDC ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी ल्भ्म्ऋ रेन्ज प्रदान गर्छ । जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ । एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टिएम १ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ । नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको त्ः१ का लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरुवात हो ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा. लि. नेपालका व्यावसायिक सवारी साधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ। नेपालका लागि फोटोन ब्रान्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ्ग प्रस्तुत गर्दै आएको छ। ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्लू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पु¥याउन प्रतिबद्ध छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको