Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढायो, सर्टलिस्टमा परेका तीन जनालाई अन्तर्वार्तामा बाेलाइयाे

अर्थ संसार

विहीबार, १० असोज २०८१, ०९ : १० मा प्रकाशित

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढायो, सर्टलिस्टमा परेका तीन जनालाई अन्तर्वार्तामा बाेलाइयाे

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ। बोर्ड अध्यक्ष सिफारिस समितिले बिहीबार तीन जनालाई अन्तर्वार्ताका लागि डाकेको हो। 

सिफारिस समितिले सर्ट लिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आगामी असोज १८ गते बोलाएको हो। असोज १८ गते बिहान बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतीकरण हुने सिफारिस समितिले जनाएको छ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएपछि प्रक्रिया अगाडि बढाइएको हो।  

गत पुस २० मा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त भएको छैन।

अध्यक्ष सिफारिसका लागि अघिल्लो सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले जारी गरेको सूचनाअनुसार १९ जनाले आवेदन दिएका थिए।

तीमध्ये नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईं गरी ५ जनालाई कार्यपत्र मूल्यांकन तथा अन्तर्वार्ताका लागि छनोट गरेको थियो । तर, अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठबाहेक तीन जना उपस्थित भएनन् । 
अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि सरकार समस्यामा परेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको