Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता, ऊर्जा सहकार्यमा छलफल

अर्थ संसार

विहीबार, १० असोज २०८१, ०९ : ५५ मा प्रकाशित

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता, ऊर्जा सहकार्यमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकार प्रमुख डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटका क्रममा बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्रीसँग भेटेका हुन्।

त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएका बेला दुबै देशका सरकार प्रमुखबीच भेट भएको हो। नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँं मा किन्ने गरी बंगलादेशले निर्णय गरिसकेको छ। तर, पछिल्लो पटक बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमका कारण सम्झौताले अन्तिम रुप लिन सकेको छैन।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको