Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको १७.५० लाख कित्ताको लिलामीमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ०८ : ३५ मा प्रकाशित

आँखुखोला जलविद्युतको १७.५० लाख कित्ताको लिलामीमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

आँखुखोला जलविद्युतको अवितरित हकप्रदमा सेयरको लिलामी बिक्री खुला आज असोज ११ गते देखि खुल्ला भएको छ। 

यस अघि कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म १:१.५०  को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो।  हकप्रदमा  १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेको १७ लाख ५० हजार २ सय ४८ कित्ता सेयर लिलाममा आउन लागेको हो ।

कहिले सम्म दिन सकिनेछ आवेदन ?

यस अवितरित हकप्रदमा असोज ११ देखि असोज २० गतेसम्म खुल्ने छ। 

को हो बिक्री प्रबन्धक ?

यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

कहाँबाट दिने आवेदन ?

अवितरित हकप्रदमा काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै नबिल बैंकको विर्तामोड, विरगंज, हेटौडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगंज, बराहताल सुर्खेत, र धनगढी शाखाबाट  आवेदन दिन सकिने छ ।

कति दिनुपर्छ आवेदन ?

लिलामीको सेयरमा  न्युनतम १०० कित्ता र अधिकतम भने पुरै सेयर कित्ताको लागि आवेदन दिन सकिने छ ।

तेस्तै ,न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेलाई सेयर बाँडफाँड गरिनेछ। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको