Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहजीकरण

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, १६ : ४६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहजीकरण

राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दराजमा रहेका ग्राहकहरूले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको