Like us!
Follow us!
Connect us!
Watch us!

मौसम विभागले पहिरो कहाँकहाँ जान्छ भनेर भनेको थिएन, गएपछि मात्रै थाहा भयोः प्रधानमन्त्री ओली

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १८ : ०१ मा प्रकाशित

मौसम विभागले पहिरो कहाँकहाँ जान्छ भनेर भनेको थिएन, गएपछि मात्रै थाहा भयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले देशका कहाँ कहाँ पहिरो जान्छ भनेर नभनेको बताएका छन् ।

अमेरिकाको १० दिने  भ्रमण सकेर सोमबार नेपाल फर्किएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै विभागले ५६ जिल्लामा रेड अलर्ट जारी गरेको भएपनि   कहाँ कहाँ पहिरो जान्छ भनेर नभनेको बताएका हुन् । 

एक सञ्चारकर्मीले  रेड अलर्ट जारी गरेपछी पनी सरकारले किन पूर्वतयारी गर्न सकेन भन्दै गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले  भनेका छन्, ‘कहाँ कहाँ पहिरो जान्छ त भनेको थिएन। भन्या थिएन नि त। गएपछि थाहा हुने कुरा भयो।’

उनले काठमाडौंमा यो प्रकारको डुबान समेत होला भनेर कल्पना समेत नगरेको बताए। 

‘काठमाडौंमा यति डुबान हुनेगरी यस्तोगरी आउला भन्ने कल्पना पनि थिएन। अलर्ट त थियो। यस्तो कुरालाई हामीले वस्तुपरक ढंगले नै लिनुपर्छ,’ ओलीले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको