Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ११ : ३९ मा प्रकाशित

प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। 

अमेरिका भ्रमणको बारेमा जानकारी दिन र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन ओलीले आज अपरान्ह चार बजे  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

 संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो आइपुगेका प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

प्रधानमन्त्री ओलीले हिजै मन्त्रिपरिषद्को बैठक राखेर बाढी पहिरोका कारण कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरेका छन्।  त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको