Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अन्यन्तै उपलब्धिपूर्ण रह्यो : एमाले

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १४ : ३९ मा प्रकाशित

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अन्यन्तै उपलब्धिपूर्ण रह्यो : एमाले

नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

आज बसेको एमालेको सचिवालय बैठकले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा ओलीले गरेको सम्बोधन निक्कै उपलब्धिपूर्ण भएको र महासभामा नेपाल यसपटक देखिने र सुनिनेगरी उपस्थित भएको निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

 पोखरेलले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो । औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ। त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ।’

बैठकले नेपाल सरकारको प्राकृतिक विपत् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको