Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले पूर्व तयारी नगरेको होइन,यो अलि ठूलै आइपर्यो: प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १७ : ३४ मा प्रकाशित

सरकारले पूर्व तयारी नगरेको होइन,यो अलि ठूलै आइपर्यो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारले सकेको गरेको बताएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलिले मौसम पुर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए । 

उनले भने,‘यसप्रकारको वर्षा भएर बाढी पहिरो जाला भन्ने अनुमान थिएन। यसप्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान गिथएन। सरकारले पूर्व तयारी नगरेको होइन। यो अलि ठूलै आइपर्यो।’

उनले केही कमीकमजोरी भएपनि त्यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिनुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको