Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइयो: प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १९ : १६ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइयो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताएका छन् ।

मंगलवार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर गरेका छन् । उनले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको बताए ।

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि फेरि ५ अर्ब भ्रष्टाचारको चर्चा, प्रधानमन्त्री फर्किएपछि के होला ?

उनले आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने  र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएकाले भ्रष्टाचार काम आफूबाट हुन नसक्ने बताए । उनले  अध्यक्ष नियुक्ति गर्ने अर्थमन्त्री एउटा र  प्रधानमन्त्री अर्को हुँदा बाहिरको बसेको आफूलाई ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइएको बताए। 

उनले भने,‘सेयर मार्केटमा गइरहेको पहिरोको कुरा गर्नुभयो । सेयर मार्केट तलमाथि भइरहन्छ । यस्तो परिस्थितिमा बाढी, पहिरो गयो, देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो अनि सेयर मार्केट अनि एकदम माथि उठेर कसरी जान्छ । त्यो अलि स्वभाविक नै जस्तो लाग्छ मलाई । यस्तो विपद्को बेलामा शेयर मार्केट अलि डाउन हुनेकुरा स्वभाविक नै हो । फेरि माथि उठ्ला भन्ने आशा गरेको छु । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ५ अर्ब मैले भनेको होइन, ५ अर्बको कुरा एउटा पत्रिकाले छाप्यो । जो त्यस बेलाका सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीहरुको नजिकै वा उहाँहरुको पक्षको केही हो । त्यो मैले भनिरहन परेन । ४÷५ अर्ब खाने भयो भनेर, ४-५ अर्बको बाटो ग¥यो भनेर भनियो । हाम्रो पार्टी त्यतिबेला सरकारमा भएपनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । यत्ति चाहीँ भनेको हो । हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्नु । देशको अवस्था नाजुक छ । यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, बढुवा जस्ता कुराहरु, कमिसन लिएर ठेक्का दिनेकुराहरु गर्नु हुँदैन भनेर मैले भनेको थिएँ । त्यो भनेपछि किन झस्किनुभयो, भोलिपल्ट ५ अर्ब खाने भयो भनेर छापेपछि मैले उहाँहरुलाई सोधेँ । ५ अर्ब मलाई कसले ल्याएर दिन्छ र ? किन दिन्छ ? मैले भनेको छु, म कमिसनका निम्ति काम गर्ने होइन, देशका निम्ति काम गर्ने हो । म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ । मैले कसरी छाप्यो भनेर सोधेँ, हामीले छपाएको होइन भन्नुभयो । अचम्म के छ भने अर्थमन्त्री एउटा छ, प्रधानमन्त्री अर्को छ अनि ५ अर्ब केपी ओलीले खाने भयो भनेर छापिन्छ, के हो त्यो भनेर मैले उहाँहरुलाई यसमा ५ अर्बको डिल गर्नेले पनि गर्ला जस्तो लाग्दैन । यस्तो हुन्छ भने यो कुरा बन्द र अन्त्य गर्नुस् भनेपछि उहाँहरु छट्पटाउनु भयो । सम्मानित सर्वोच्च अदालतले नै पहिलाकै प्रक्रियाअनुसार अघि बढ्नुस् भन्ने आदेश दिएको हुनाले त्यो प्रक्रिया अघि बढेको हो । ५ अर्बको कुरा त मलाई विश्वास छैन तर यो जो छाप्नुभयो, तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री जसले जसले छाप्नुभयो । उहाँहरुले छाप्नुभयो । उहाँहरुले किन छाप्नुभयो, त्यो म जान्दिन, उहाँहरु निर्णय गर्ने ठाउँमा हुनुहुन्थ्यो । फेरि मेरा नाउँमा किन छपाउनु भयो, ५ अर्ब खाएको छ । उहाँहरु यस्ता हल्लाहरु खुब गरेर हिँड्नुहुन्छ ।’

उनले  सेयर मार्केटमा तलमाथि हुनु स्वाभाविक प्रक्रिया भएको बताए । उनले  विपद्जन्य घटनाका कारण देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको अवस्थामा सेयर मार्केट तल जानु स्वाभाविक भएको बताउनु भयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको