Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भयो, बाँकी दशैंअघि कोसिस गर्छौं: अर्थमन्त्री

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १५ : ४७ मा प्रकाशित

निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भयो, बाँकी दशैंअघि कोसिस गर्छौं: अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

पौडेलले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरूप नै निरन्तर रुपमा भुक्तानी भइरहेको जानकारी दिए ।

उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे ।

अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिनेमा जोड दिए । उनले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैंअघि नै गर्ने प्रयासमा रहेको उल्लेख गरे । 

‘सरकारले निर्माण व्यवसायीहरुको करिब २० अर्ब रुपैयाँ भुक्तानी  गरेको छ । तर निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व सबै पाउनुभएको छैन,’ उनले भने, ‘सरकार निर्माण सम्पन्न भएको कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिन्छौं । भुक्तानीको प्रक्रिया रोकिएको छैन । रोकिँदैन । निर्माण व्यवसायीहरुले सरकारबाट पाउनु पर्ने भुक्तानी पाउनु हुन्छ । दशैं अघि भुक्तानी गर्ने कोशिस गर्छौं ।’

भुक्तानी गर्नुपर्ने दायित्व धेरै भएपनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको उनले बताए । अब विपद्को कारण निर्धारित समयमा आयोजनाहरु सम्पन्न नहुने भएको उनले बताए । निर्माणाधिन आयोजनामा पनि क्षति भएको भन्दै उनले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको