Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै

अर्थ संसार

विहीबार, १७ असोज २०८१, ११ : ४७ मा प्रकाशित

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ ।

आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ । नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा हुनेछ  भने सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।  

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)गत जेठ २९ गते नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको थियो । सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको थियो ।  

विद्युत खरिदका लागि साउन १३ मा सम्झौता हुने तय भएको थियो । तर सम्झौता नहुँदै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।  बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको