Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १४ : ०२ मा प्रकाशित

१० महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालले करिब २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको छ।

भन्सार विभागद्वारा बुधबार सार्वजनिक तथ्यांकअनुसार ७७२,१०४ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरिएको हो।

जसमध्ये, ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्करबाट ६४ करोड ९२ लाख रुपैयाँ र सिमेन्टबाट १ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ राजस्व आर्जन भएको विभागले जनाएको छ।

सिमेन्ट उद्योगको निर्याततर्फको बृद्धिले नेपालमा औद्योगिक उत्पादन र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा उत्साहजनक संकेत देखिएको विश्लेषण गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको