Like us!
Follow us!
Connect us!
Watch us!

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौंः अर्थमन्त्री पौडेल

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १६ : ३१ मा प्रकाशित

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौंः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो। 

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए। उनले लक्ष्य पूरा गर्न करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे। 

उनले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताए। उनले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए।

उनले भने,  ‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौं। कोही पनि सुरक्षित छैनौं। मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरु पनि सुरक्षित हुनुहुन्न। उपमहानिर्देशक सुरक्षित हुनुहुन्न। कार्यालयका प्रमुखहरु सुरक्षित हुनुहुन्न‚कोही पनि सुरक्षित हुँदैन। म स्वयं सुरक्षित छैन। हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको