Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न,बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १४ : ४६ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न,बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको छ । त्यसैगरी हकप्रद सेयर संशोधन गरी बोनस सेयर वितरणपश्चात कायम पूँजीको ७ प्रतिशत हकप्रद निष्काशन गर्ने एजेण्डा पनि पारित भएको छ ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असोज १५ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको