Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्मान

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १८ : ४६ मा प्रकाशित

बाढीले बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्मान

असोज ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न। १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान गरेको छ ।

असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख
कार्यकारी अधिकृत सन्तोष प्रसाईले उनलाई सम्मान गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार नगद हस्तान्तरण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले तामाङलाई ‘रियल हिरो’को संज्ञा दिँदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य नभएर बाढीमा हामफालेर दुई जनालाई बचाउन सफल भएको प्रतिक्रिया दिए । साथै यस किसिमका सम्मानले आफूलाई हौसल प्रदान गरेको र आम मानिसमा मानवीयता विकास हुने उनले बताए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको