Like us!
Follow us!
Connect us!
Watch us!

टेस्ला गाडीमा आगलागी,४ जनाको घटनास्थलमै मृत्यु

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १३ : २५ मा प्रकाशित

टेस्ला गाडीमा आगलागी,४ जनाको घटनास्थलमै मृत्यु

टेस्लाको गाडीमा आगलागी हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

फ्रान्सको निओर्ट सहरमा टेस्ला गाडी बाटोमा अनियन्त्रित भई साइनबोर्डमा ठोक्किंदा आगलागी भएको हो । 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले  शनिबार राति उक्त दुर्घटना भएको उल्लेख गरेको छ ।

सो दुर्घटनाको विवरण अझै बाहिर आउन सकेको छैन । स्थानीय प्रहरी प्रवक्ता लेफ्टिनेन्ट एरिक होरोले सो दुर्घटनाको परिस्थिति निर्धारण गर्न बाँकी रहेको र अनुसन्धान जारी रहेको बताए । उक्त दुर्घटनामा कुनै प्रत्यक्षदर्शी नरहेकोले अनुसन्धान थप जटिल भएको प्रहरीको भनाइ छ। गाडीमा सवार चालक र अन्य तीन जना यात्रुहरू आगोले डढेर चिन्नै नसक्ने अवस्थामा रहेको पनि प्रहरी अधिकारीले जनाए।

टेस्लाले यस घटनासम्बन्धी कुनै प्रतिक्रिया दिएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको