Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको जितसँगै टेस्लाका सेयरमा तिब्र उछाल:एकै दिन १४%ले बढ्यो मूल्य

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, १८ : ०३ मा प्रकाशित

ट्रम्पको जितसँगै टेस्लाका सेयरमा तिब्र उछाल:एकै दिन १४%ले बढ्यो मूल्य

वाल स्ट्रिटले बुधवारको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयको स्वागत गरेको छ। डो जोन्स इन्डस्ट्रियल एवरेज परिसूचक दुई वर्ष मै एकै दिनमा सर्वाधिक बढेको हो। 

ट्रम्पको जितका खुलेर नै लागेका संस्थापक एलन मस्क रहेको कम्पनी टेस्लाको सेयर मुल्य एकै दिन १४ प्रतिशत भन्दा बढि बढ्यो।

मस्क खुलेरै ट्रम्पको पक्षमा लागेका थिए र उनले मात्र अमेरिकी राष्ट्रपति चुनावमा १३२ मिलियन अमेरिकी डलर रिपब्लिकन पार्टीलाई सहयोग गरेका थिए। 

ट्रम्पको आर्थिक नीतिहरू प्रायः कर्पोरेट कर र नियमहरू घटाउन केन्द्रित हुन्छन्, जसले टेस्ला जस्ता उच्च-वृद्धिका कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्छ, र तिनको नाफा बढ्न सक्ने आकलन गरिएको छ। 

यस संगै ट्रम्पले पूर्वाधार विकासलाई समर्थन गर्दा विद्युतीय सवारी साधन (EV) को प्रयोगलाई बढावा दिन सक्छ, जसले EV चार्जिङ नेटवर्कसँग जोडिएका कम्पनीहरूको लागि सकारात्मक संकेत देखिएको छ। 

तेस्तै,ट्रम्पको "अमेरिका फर्स्ट" नीतिले टेस्लालाई फाइदा पुर्‍याउन सक्छ, किनकि यो अमेरिका-आधारित उत्पादक कम्पनी हो र घरेलु उत्पादन र रोजगारीको लागि प्रोत्साहनहरू पाइने सम्भावना छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको