Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनएमबि क्यापिटलले बोलायो साधारणसभा

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १० : २३ मा प्रकाशित

एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते साधारणसभा बोलाएको छ ।

क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजे १४औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

 योसँगै सभाले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको