Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, ११ : २३ मा प्रकाशित

एशियन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरूको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटल मार्फत हुनेछ ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको