Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलका कारण जीवन लघुवित्तको आईपीओ नतिजा प्रकाशनमा ढिलाई !

अर्थ संसार

बुधबार, २३ असार २०७८, १५ : ४६ मा प्रकाशित

एनएमबि क्यापिटलका कारण जीवन लघुवित्तको आईपीओ नतिजा प्रकाशनमा ढिलाई !

आज (असार २३ गते, बुधबार) बिहान ९ः३० बजे बाँडफाँडको सम्पन्न भएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओको नतिजा अहिले सम्म पनि प्रकाशित हुन सकेको छैन । 

बाँडफाँडको करिब ६ घण्टा बितिसक्दा पनि किन आईपिओको नतिजा प्रकाशन हुन सकेन भन्ने अर्थसंसारको प्रश्नमा सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताएका छन् । 

अर्थसंसार डटकमसंगको कुराकानीमा आचार्यले भने "हिजोसम्म पनि हामिलाई आईपिओ बाँडफाँड सम्बन्धी कुनै पनि सूचना थिएन, आज सूचना प्राप्त गरेपछि हामिले क्यापिटललाई आईपिओ बाँडफाँडको डाटा उपलब्ध गराउन बारम्बार ताकेता गरिपछि भर्खरै मात्र हाँमिकँहा डाटा पुगेको छ अब केहि समय डाटा अपलोड हुन समय लाग्ने छ । " 

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?   

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँडः लक्की नम्बर ८ र ६

संस्थाको आईपीओमा ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे छ । ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएकाे हाे ।

जीवन विकास लघुवित्तको आईपीओ : किन भयो ६९ हजारभन्दा बढीको आवेदन रद्द ?

 

लगानीकर्तालाई RBB Mutual Fund-1 ले वार्षिक बम्पर प्रतिफल ।आवेदन खुल्ला ।Badri Prasad Pyakurel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको