Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सवा २ लाखले बढ्दा पनि घट्यो कारोबार

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ११ : ३८ मा प्रकाशित

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सवा २ लाखले बढ्दा पनि घट्यो कारोबार

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा बृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २  लाख ३४ हजार ९ सय ५७  ले बढेर २ करोड ५२ लाख ७  हजार १ सय २२  पुगेको छ ।  अघिल्लो भदौमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो ।  

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि संख्यामा पनि वृद्धि देखिएको छ । साउनको तुलनामा भदौमा वालेट प्रयोगकर्ताको संख्या ६ हजार ८२५ ले बढेको छ । साउनसम्म २ करोड ४२ लाख ५७ हजार ६५६ रहेको वालेट प्रयोगकर्ताको संख्या भदौमा २ करोड ४२ लाख ६४ हजार ४८१ पुगेको छ । 

यस्तै,भदौमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने २३ हजार ९९० ले बढेको छ । हाल देशमा १९ लाख ८६  हजार ८१७ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् ।

भदौमा मोबाइल बैंकिङ  प्रयोगकर्ता बढे पनि यसबाट हुने  कारोबारमा भने गिरावट आएको छ  । मोबाइल बैंकिङबाट भदौ महिनामा ३ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। यसअघि साउनमा मोबाइल बैंकिङबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको