Like us!
Follow us!
Connect us!
Watch us!

एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा Customer Care सेवा उपलब्ध

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १८ : १८ मा प्रकाशित

एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा Customer Care सेवा उपलब्ध

एनआई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गएप (NIC ASIA MoBank) मा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा  'Customer Care' को सुरुवात गरेको छ ।

आफ्ना ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा ग्राहकहरुको जिज्ञासालाइ सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस्तो कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउन Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । 

बैंकको NIC ASIA MoBank एप भित्र रहेको यो 'Customer Care' आइकनमा ट्यापगरे पश्चात् च्याटबट,बैंकको प्रतिनिधीसंग सिधा सम्पर्क,गुनासो टिकट र FAQs जस्ता सुविधाहरु प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको