Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ४७ अंकको गिरावट,कारोबार रकम ८ अर्ब १८ करोड

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १५ : १८ मा प्रकाशित

सेयर बजारमा ४७ अंकको गिरावट,कारोबार रकम ८ अर्ब १८ करोड

साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजारमा उच्च अंकले घटेको छ ।  नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा बन्द भएको छ ।

आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै गुमाउनेमा भने स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको