Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाईड्रोपावरले बोलायो साधारणसभा,यस्ता छन् एजेण्डा

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १२ : ४५ मा प्रकाशित

मन्दाकिनी हाईड्रोपावरले बोलायो साधारणसभा,यस्ता छन् एजेण्डा

मन्दाकिनी हाइड्रोपावरले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहान ८ बजेबाट सुरु हुनेछ।

सभाले  लगानीकर्ताको लागि घोषणा गरेको लाभांश पारित गर्नेछ। कम्पनीले ५ प्रतिशत बोनश सेयरका साथै त्यसमा लाग्ने कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत सभाबाट पारित गर्नेछ। कम्पनीले हकप्रद जारी गर्ने निर्णय समेत पारित गर्ने छ। 

 सामान्य प्रस्तावहरु
–संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने

–लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने

–कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व २०८१/०८२ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे

–संचालक समितिबाट प्रस्ताव गरे अनुसार १०.२६३२ प्रतिशतका दरले हुन आउने १६,२०,९८३.२० नगद लाभांश कर प्रयोजनका लागि स्वीकृत गर्ने

विशेष प्रस्तावहरु

–संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ आषाढ मसान्तसम्म कायम रहेको सञ्चित मुनाफा समेतबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर वितरण गर्न स्वीकृती गर्ने

–माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मे.वा. पारियोजना निर्माण गर्ने, डल्फिन पावर प्रा.लि. मा लगानी गर्ने तथा बैंक ऋण भुक्तानी गर्ने लगायतका कार्य गर्न बोनश सेयर वितरण पश्चात् कायम चुक्ता पूँजीको १ः१.२५ अर्थात् (एक कित्ता बराबर १.२५ कित्ता) हकप्रद सेयर जारी गर्ने,
– कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने तथा प्रबन्ध पत्रको दफा २ तथा नियमावलीको नियम २ संशोधन गर्ने,

–कम्पनीको पूँजी बृद्धि गर्ने तथा प्रबन्ध पत्रको दफा ६ (क) र (ख) संशोधन गर्ने, (५) डल्फिन पावर प्रा.लि. मा गरिएको लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्ने बारे

–बोनश सेयर तथा हकप्रद सेयर जारी गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय स्थान्तरण गर्ने, कम्पनीको पूँजी बृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, अन्य कम्पनीहरुमा गरिएको लगानी लगायत विविध विषयमा नियामक निकायहरुबाट कुनै पनि किसिमको संशोधन, फेरबदल एवं थपघट लगायतका निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको