Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर निष्कासन गर्दै मन्दाकिनी हाइड्रो, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, १२ : १० मा प्रकाशित

हकप्रद सेयर निष्कासन गर्दै मन्दाकिनी हाइड्रो, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

मन्दाकिनी हाइड्रोपावरको पुस ७ गते सम्पन्न  वार्षिक साधारणसभाबाट पारित १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाइड्रोपावरले  हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा  मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।  यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको