Like us!
Follow us!
Connect us!
Watch us!

रवि पक्राउ पर्नु स्वाभाविक र सामान्य हो : प्रचण्ड

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १५ : ५८ मा प्रकाशित

रवि पक्राउ पर्नु स्वाभाविक र सामान्य हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताएका छन्।

सोमवार विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। प्रतिवेदनले सिफारिश गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ। 

लामिछानेबारे अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने उनको भनाइ थियो। 

प्रतिपक्षी दलहरुले सोमवार बेलुकी विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुने उनले बताए। 

भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरूपमा आफूलाई हटाएको उनले जिकिर गरे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको