Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपालाई ओलीको प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, १५ : ३८ मा प्रकाशित

रास्वपालाई ओलीको प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको र दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् । 

आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

म भन्दिन चाहन्छु, दुईचार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन’, 
उनले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताए । 

ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित गर्दै भने, ‘ खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने । अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन ?’ 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको