Like us!
Follow us!
Connect us!
Watch us!

३ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब बढी, कुनको बजार हिस्सा कति ?

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १३ : २४ मा प्रकाशित

३ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब बढी, कुनको बजार हिस्सा कति ?

जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ३ महिनामा  ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

कुनको बजार हिस्सा कति ?

यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ अर्ब ९० कराड ५० लाख र ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख, मेटलाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, लघु जीवन बीमकहरू गार्डियन माईक्रो लाइफ, क्रोष्ट माइक्रो लाइफ र लिबर्टी माईक्रो लाइफले क्रमशः ८ करोड ७१ लाख, ७ करोड ९७ लाख र ५ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको