Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बीमा कम्पनीको २८ अर्ब बढीको लगानी, कुन कम्पनीको कति ?

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ११ : ५० मा प्रकाशित

सेयर बजारमा बीमा कम्पनीको २८ अर्ब बढीको लगानी, कुन कम्पनीको कति ?

बीमा कम्पनीहरुले सेयरबजारमा लगानी बढाएका छन् । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुको सेयरबजारमा १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी रहेको थियो ।  

नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धित निर्देशिका संशोधन गर्दै बीमकले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएसँगै बीमा कम्पनीहरुको सेयरबजारमा लगानी बढेको हो ।  यसअघि ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको थियो । 

यो अबधीमा निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुले बढी लगानी थपेको  छ । 

जीवन बीमा कम्पनीहरुले सेयरबजारमा २४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत आवको सोही अवधिसम्मको तुलनामा ११५.८८ प्रतिशत बढी हो । गत आवमा जीनव बीमकहरुले ११ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले उल्लेख्य लगानी बढाएका छन् । सर्वाधिक सिटिजन लाइफले ११४८.८८ प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।   

त्यस्तै निर्जीबन बीमा कम्पनीहरुले पहिलो त्रैमाससम्ममा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा २८.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले ३ अर्ब १६ करोड ३४ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।  

निर्जीवन बीमा कम्पनीहरुमा लगानी सानिमा जिआइसीले बढाएको छ ।  सानिमा जिआइसीले ४८८.६१ प्रतिशत लगानी बढाएको हो ।  यो अवधिमा लघुबीमा कम्पनीमध्ये भने लिबर्टी माइक्रो लाइफले १ करोड २६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको