Like us!
Follow us!
Connect us!
Watch us!

२८ प्रतिशतले बढ्यो जीवन बीमकको नयाँ व्यवसाय,कुन कम्पनीको अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १२ : ४१ मा प्रकाशित

२८ प्रतिशतले बढ्यो जीवन बीमकको नयाँ व्यवसाय,कुन कम्पनीको अवस्था कस्तो ?

जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार बढेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार चालु आर्थिक वर्षको सात महिना अर्थात माघसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८.०५ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्ष कम्पनीहरुले १४ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

सबैभन्दा अगाडि को ?

चालु आर्थिक वर्षको माघ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।  यस्तै नेशनल लाइफले २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २४.०९ प्रतिशतले बृद्धि गरेको हो ।

अन्य कुन कम्पनीको कति ?

यो अवधिमा एलआइसी नेपालले यस अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २८.९२ प्रतिशतले बृद्धि गरेको हो । सूर्यज्योति लाइफले १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३३.८६ प्रतिशतले बृद्धि गरेको हो । हिमालयन लाइफले १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १४.९२ प्रतिशतले बृद्धि गरेको हो ।

त्यस्तै,सिटिजन लाइफले १ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १७.९८ प्रतिशतले बृद्धि गरेको हो । एशियन लाइफले ९५ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २९.७६ प्रतिशतले बृद्धि गरेको हो । सानिमा रिलायन्स लाइफले ८७ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १७.९० प्रतिशतले बृद्धि गरेको हो । मेट लाइफले ७३ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २.२४ प्रतिशतले बृद्धि गरेको हो । रिलायबल नेपाल लाइफले ७२ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १३.४८ प्रतिशतले बृद्धि गरेको हो ।

त्यसैगरी, प्रभु महालक्ष्मी लाइफले ७० करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५४.२२ प्रतिशतले बृद्धि गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सले ६८ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १९.४० प्रतिशतले बृद्धि गरेको हो । सन नेपाल लाइफले ५४ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५९.८७ प्रतिशतले बृद्धि गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ४६.७६ प्रतिशतले बृद्धि गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको