Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिन नै पर्यो १२ गुणा धेरै आवेदन

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, २० : ३१ मा प्रकाशित

समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिन नै पर्यो  १२ गुणा धेरै आवेदन

समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज (कात्तिक १२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म खुला गरिने कम्पनीले बताएको छ । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको